‘आग्रे द आइरन डिगर’ फिल्मको पोस्टर सार्वजनिक

‘आग्रे द आइरन डिगर’ फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको छ।

जेलबाङ सेवा समाजको आर्थिक लगानीमा पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिका– ७ जेलबाङको फलामखानी माथिको कथावस्तुमा आधारित फिल्मको पहिलो पोस्टर अङ्ग्रेजी नयाँ वर्ष २०२२ को सुखद उपलक्ष्यमा सार्वजनिक गरिएको हो।

जेलबाङका पुर्खाहरुले जीविकोपार्जनको लागि घरेलु प्रविधिबाट फलाम प्रशोधन गरेर बस्तु विनियमको माध्यमबाट जीवन चलाईरहेका गाउँलेहरुलाई नेपाल सरकारले खानी बन्द गरिदिएपछि अस्तव्यस्त भएको जेलबङ गाउको कथा हाे, आग्रे। याे फिल्मको स्टाेरी कवि बिष्णु सन्यासको रहेको छ। भने, निर्देशन आदिवासी फिल्म ‘लोम्बा’मार्फत अन्तर्राष्ट्रिय नेपाली फिल्म फेस्टिफल अमेरिकाबाट ३ उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भएका अनिल बुढामगरको रहेको छ।

करिब १ घण्टाको फिल्म आज २०२२ देखि अन्तर्राष्ट्रिय फिल्म फेस्तिफलहरुको लागि आफ्नो यात्रा तय गरेको छ। भने, नेपालमा यो फिल्म हेर्नको लागि अझै एक वर्ष कुर्नुपर्ने छ।

प्रकाशित मिति: : 2022-01-01 16:02:00

प्रतिकृया दिनुहोस्