पात्र र प्रवृत्तिभित्रको एमसीसी

अन्नपूर्ण पोष्ट

जगदीश दाहाल

नेपाली जनताको नियति भनौं या दुर्भाग्य। बेला बखतमा विभिन्न विषयमा अल्मलिने गरेका छौं। एमसीसी के हो ? यसको समर्थन किन ? विरोध किन ? 

समर्थन गर्नेले पनि केही राम्रो भएर नै समर्थन गरेका छन्। अनि विरोध गर्नेले पनि केही नराम्रो देखेर नै विरोध गरेका होलान्। यसको अर्थ, झट्ट हेर्दा एमसीसी सत्तामा उकाल्ने, त्यहाँबाट खसाल्ने संयन्त्रको रूपमा देखिएको छ। नेपालको संघीय संसद्मा जुनसुकै दलको जस्तोसुकै प्रतिनिधित्व भए पनि सरकार टिक्ने अवस्था रहेन।

संसद्मा जस्तोसुकै संख्या भए पनि सरकारमा जान सक्ने जस्तोसुकै धेरै संख्या भए पनि टिक्न नसक्ने कुरालाई एमसीसीसँग जोडिएको छ। यसरी हेर्दा नेपाली जनताको अभिमतले समेत काम नगरेको देखियो। जनताको अभिमत लिएर सत्तामा गएको दलले सरकार चलाउन नसक्ने र सरकारमा टिक्न पनि नसक्ने अवस्था हामीले देखेभोगेकै हो। तर, जनताले तिरस्कृत गरेको दल अर्थात् प्रतिपक्षमा बस्न लगाएको दलले समेत नेतृत्व लिन सक्ने अवस्था आएको छ। यो कस्तो खालको संसदीय व्यवस्था हो ? यसरी अहिले अगाडि देखिएका घटनाक्रमलाई हेर्दा एमसीसी प्रारम्भमा नै सत्तामा पुर्‍याउने र सत्ताबाट खसाल्ने हतियारको रूपमा देखिएको छ। यो नेपाली जनताको दुर्भाग्य हो। कसले एमसीसीको समर्थन र विरोध गरिरहेका छन् ? त्यतातर्फ पनि हेरौं। सत्तामा हुनेले यसको समर्थन गर्ने रहेछ। सत्ताबाट बाहिरिएको वा सत्तामा पुग्न नसकेका दलले यसको विरोध गर्दा रहेछन्। एमसीसी प्रारम्भकै गतिविधिले भविष्य औंल्याएन र ? नेपालीको दुर्भाग्य बनेन र ? हो या तथ्यगत सहायतामा अनुदान आयो, प्राप्त भयो ?

प्रकाशित मिति: : 2022-01-02 07:55:00

प्रतिकृया दिनुहोस्