अमेरिका नेपालका लागि ‘साम्राज्यवाद’ हो कि ‘मित्र-राष्ट्र’ ?

अनलाइनखबर

काठमाडौँ

एमसीसी नेपाल कम्प्याक्टका कारण संयुक्त राज्य अमेरिका नेपालमा यतिखेर तातो, तीव्र र सघन बहसको विषय बनेको छ। हुनत यसअघि पनि अमेरिका नेपालमा सर्वाधिक चर्चा हुने र चासो राखिने एक देश थियो। एमाले छैटौं महाधिवेशनमा ‘अमेरिकालाई साम्राज्यवाद भन्ने कि नभन्ने ?’ विषयको विवाद पार्टी फुटको एउटा महत्वपूर्ण मुद्दा बनेको थियो। अमेरिका नेपालीका लागि सधैं जिज्ञासा र सपनाको देश रहृयो। टाढा-नजिकबाट अमेरिकासँग नजोडिएका परिवार अब नेपालमा विरलै बाँकी होलान्। अमेरिकाको डीभी खुल्दा भर्नेहरूको भीड आमसभा भन्दा ठूलो हुन्छ।

तर, अहिले बहस भइरहेको पक्ष भने त्यसभन्दा केही फरक छ। एमसीसीको पक्ष र विपक्षमा जनमत विभाजित हुन पुगेको छ। यो बहसभित्र अनेक आशंका र चिन्ता, भाष्य वा संकथन जोडिएका छन्। अमेरिका कस्तो देश हो नेपालका लागि ? के चाहन्छ यसले नेपालमा ? कस्तो व्यवहार गर्छ अमेरिकाले नेपाल र नेपालीसँग ? एमसीसी कुन उद्देश्यले आएको हो ? विकास सहयोगका लागि मात्र कि सामरिक उद्देश्य सहित ? यस्ता अनेकन् प्रश्नबारे दुई प्रष्ट र फरक अवधारणा देखापरेका छन्।

प्रकाशित मिति: : 2022-01-02 10:26:00

प्रतिकृया दिनुहोस्