कंगनाको चाहना: उजुरी कम, प्रेमपत्र बढी

File photo
File photo

बलिउड अभिनेतृ कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना सेयर गरेकी छन्। 

उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन्।

आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेतृका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन्।

‘विश्वमा केवल एक राहु केतु मन्दिर छ। यो तिरुपति बालाजीको नजिक छ। यहाँ केही अनुष्ठान गरें। पाँच मौलिक लिंगोमध्इे वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ। यो वर्ष मलाई कम प्रहरी उजुरीरएफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ। जय राहु केतुजी को।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’को तयारीमा छिन्। जुन एक्सन थ्रिलर फ्लेभरमा छ। यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो। तर निर्माताले यसलाई मेसम्म सारेका छन्। उनको हातमा फिल्म ‘तेजस’ पनि छ। यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ।

प्रकाशित मिति: : 2022-01-02 10:48:00

प्रतिकृया दिनुहोस्