कन्सर्टमा गीत गाइरहेको अवस्थामा गायक राजेश पायल राईमाथि दुर्व्यबहार भएको घटना माफी पछि मिलेको छ।
गायक राईलाई दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेपछि बिवाद साम्य भएको हो। शेर्पाले आफ्नो संस्कृतीअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्।
'उहाँको म ठूलो प्रशंसक हुँ। मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु। त्यसले गर्दा उहाँ (राजेश पायल राई)लाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु,' उनले भने।
गायक राईले मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताए। उनले भने, 'नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु। मैले उहाँलाई माफी दिएको छु। मेरो शीर ढलोस्, नेपाली गीत–संगीत र नेपाल कहिल्यै नढलोस्,' राइले भने, 'मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूले अब उप्रान्त गाली गलौज नगरिदिनुहोला।'