कपिलवस्तुमा टयाक्टर पल्टिदा दुईको मृत्यु, चार जना घाइते

File Photo
File Photo

कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान  दुर्घटना भएको थियो।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-04 12:20:00

प्रतिकृया दिनुहोस्