मलाइकासँगको सम्बन्धबारे अर्जुन भन्छन्–उमेरले फरक पर्दैन

Breaknlinks
Breaknlinks

बलिउडका अभिनेता अर्जुन कपूर मलाइका अरोडासँगको प्रेम सम्बन्धका कारण निकै चर्चामा रहन्छन्। उनीहरुको जोडीलाई कसैले राम्रो भनेका छन् भने कोही भने उमेरका कारण उनीहरुलाई मनपरी भनिरहन्छन्।

त्यसैबीच अर्जुन उनीहरुको सम्बन्धलाई नराम्रो भन्नेहरुलाई जवाफ दिएका छन्। जसकारण सबैको मुख बन्द भएको छ।

अर्जुनले दिएको हालको इन्ट्व्यूमा आफूलगायत मलाइकाको उमेरबारे बताउँदै उनले भने, ‘हामी जत्ती नै सफल किन नहोस् तर केही कुरा आजसम्म पनि बदलिएको छैन्, यस समाजमा केटा केटीभन्दा जति नै ठूलो किन नहोस् दुनियालाई केही फरक पर्दैन तर कोही केटी केटाभन्दा ठूलो छ भने त्यो कुरा समाजलाई पच्दैन।’

उनले आफ्नो कुरा अगाडि बढाउदै भने, ‘मिडियाले मान्छेको टिप्पणीलाई देख्छन् तर उनीहरुलाई केही फरक पर्दैन, यो त्यही मानिस हुन् जो भेटेर फोटो लिन मरिहत्ते गर्छन्।’ उनले कुरा यो स्पष्ट हुन्छ कि उनलाई कसैको कुरामा मतलब छैन्। उनीहरु केही वर्षअघि नै प्रेमसम्बन्धमा छन्। उमेरको हिसाबले मलाइका अर्जुन भन्दा १२ वर्ष ठूली छिन्। जसकारण मानिसले उनीहरुको मजाक उडाउने गर्छन्। 

प्रकाशित मिति: : 2022-01-04 19:05:00

प्रतिकृया दिनुहोस्