खोटाङमा थपिएका ५ हजार ८४६ नयाँ मतदाता 

खोटाङमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन्। नयाँ मतदातामध्ये महिलाको संख्या ८० ले बढी छ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै गत १७ मंसिरदेखि २६ मंसिर र २९ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियानका क्रममा २ हजार ९६३ महिला र २ हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो। 

पहिलो चरणमा १ हजार ३०९ पुरुष र १ हजार ४३ जना महिला गरी २ हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको निमित्त जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए। दोश्रो चरणमा महिला १ हजार ९२० जना र पुरुष १ हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन्। 

यस अवधिमा अन्य जिल्लाका ७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन्। पहिलो चरणमा ४ जना र दोश्रो चरणमा ३ जनाले मतदाता नामावली दर्ता गराएका हुन्। 

प्रकाशित मिति: : 2022-01-05 19:30:00

प्रतिकृया दिनुहोस्