राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन : कमल थापा

File photo
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको विरोध गरेका छन्। 

सामाजिक सञ्जाल मार्फत् पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भर्त्सना गरेको उल्लेख गरेका छन्।

३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको उनको भनाइ छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको भनाइ छ।

जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ। मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गरेका थिए।

प्रकाशित मिति: : 2022-01-05 20:52:00

प्रतिकृया दिनुहोस्