‘रियालिटी शाे'काे चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथा

शिलापत्र

समर्पण श्री

ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रसारणरत फ्रेन्चाइज शो ‘सारेगमप लिटिल च्याम्प्स’को २६औँ एपिसोडमा झापाकी १४ वर्षीया किशोरी प्रेरणा ओलीको प्रस्तुतिले निर्णायकहरूलाई नतमस्तक बनायो ।

कार्यक्रममा गायक उदितनारायण झाको ‘कहिलेकाहीँ मनका कुरा’ गाएकी उनले ग्राण्ड जुरीबाट ९९ प्रतिशत अंक बटुलिन् । संगीतकारद्वय न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीको निर्णायक टिमबाट ४८ नम्बर प्राप्त गर्दा उनको अनुहारमा छुट्टै ऊर्जा थियो । तर, निर्णायकहरूको प्रशंसा र आफ्नो दमदार प्रस्तुतिले प्रेरणालाई ‘टप ८’मा सुरक्षित उकाल्न सकेन । यसका लागि त भोट नै निर्णायक भइदियो । निर्णायकहरूको नजरमा क्षमतावान् दरिएकी यी किशोरीले भोट कम पाएकै कारण प्रतिस्पर्धाबाट बाहिरिनुपर्‍यो ।  

‘टप ८’मा सुरक्षित रहेकी परिधि परियारले ग्राण्ड जुरीबाट शतप्रतिशत र निर्णायकमण्डलबाट ५० अंक प्राप्त गरिन् । तर, उनको सफलताको निर्णायक पाटोचाहिँ भोट नै थियो ।

प्रकाशित मिति: : 2022-01-07 06:15:00

प्रतिकृया दिनुहोस्