अछाम एमाले अधिवेशन : बन्दसत्र भोलि

नेकपा एमाले अछामका इञ्चार्ज झपट बोहराले नेपाली कांग्रेसको नेतृत्वमा पटक पटक सरकार बने पनि जनताका लागी कुनै उपलब्धी हासिल हुन नसकेको बताएका छन्।

सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी सबै केपी शर्मा ओली सरकारले अघि बढाएको उनको दाबी थियो। नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनको उदघाटनमा केन्द्रीय सदस्य समेत रहेका नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासीक उपलब्धी कांग्रेस सरकारका पालमा हासिल नभएको बताए।

एमाले अछामका सहइञ्चार्ज यज्ञ बोगटीले केपी शर्मा ओली सरकारको नेतृत्वले गरेका काम देखेर बिरोधीदल शशंकित भएको बताए। सडक, भूकम्पले भत्किएको संरचना, खानेपानी, लगायतको निर्माण तथा राष्ट्र र राष्ट्रियताको बारेमा केपी ओली मात्र बोल्न सकेक उनले बताए।

पार्टीमा नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेबाट मालिका रंगशालामा बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा ७ सय बढी प्रतिनिधी सहभागी हुने एमालेले जनाएको छ। कल्पना बोहरा 

प्रकाशित मिति: : 2022-01-07 21:47:00

प्रतिकृया दिनुहोस्