प्रचण्डपछि श्रेष्ठमा देखियो कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोभिड १९ संक्रमण भएको छ।

स्वास्थ्यमा केही असहजता महसुस गरी शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए। उनकाअनुसार संक्रमण देखिएकोले श्रेष्ठ १४ दिन होम आइसोलेसनमा रहने भएका छन्।

श्रेष्ठले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेका छन्।

प्रकाशित मिति: : 2022-01-08 11:24:00

प्रतिकृया दिनुहोस्