बाँकेमा रोकिएन बाघ आतङ्क, फेरि मान्छे खायाे

सुरक्षा सणनीति कमजोर हुँदा बाँकेमा पटक-पटक बाघले मान्छेलाई आक्रमण गर्न थालेको छ। सुरक्षा कमजोर हुँदा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासको बस्तीमा बाघले आतंक नै मच्चाएको छ।

बिहीबार मात्र राप्ती सोनारी गाउँपालिका वडा नं ४ स्थित जलहन सामुदायिक वनमा घाँस ल्याउन गएको समयमा सोही ठाउँ निवासी ५३ वर्षीया लिला विष्टलाई बाघले खाएको थियो।

यसको दुई दिनपछि आज (शनिबार) फेरि बाघले मान्छे खाएको छ। राप्ती सोनारी गाउँपालिकाकै वडा नं. ६ हब्रहवाकी ३२ बर्षीया चाँदनी थारुलाई बाघले खाएको हो। सदाबहार सामुदायिक बनमा घाँस दाउरा गर्न गएका ६–७ जनाको टोलीमध्ये थारुलाई बाघले शनिबार पौने १२ बजे झम्टेर लगेको थियो।

साथीहरुले भागेर गाउँमा बताएपछि प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १२ बजेर २० मिनेटमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मुधसुदन न्योपानेले जानकारी दिए।

बिहीबार विष्टलाई पनि घाँस ल्याउन वनमा गएको समयमा बााघले झम्टेर लगेको थियो। बाघबाट लाशलाई छुटाउन प्रहरीले दुई राउण्ड गोलीसमेत प्रहार गर्नु परेको थियो। यससहित बाँकेमा तीन महिनाको बीचमा ४ जनालाई बाघले खाएको छ।

राप्ती गाउँपालिका क्षेत्रमा बाघले झम्टने प्रयास त पटक-पटक गरिसकेको छ। राजमार्ग क्षत्रमा समेट सवारी साधनमै बाघले आक्रमण गर्ने गरेकाे छ। राप्ती सोनारीमै हिजो शुक्रबार मात्र एक पुरुषालाई बाघले झम्टिएको थियो।

यसरी बाघले पटक–पटक आक्रमण गरेर आतंक मच्चाउँदा समेत बाँके प्रशासनले भने सुरक्षा रणनीति बनाउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आज वन कार्यालय, राष्ट्रिय निकुञ्ज र सरकारवालहरुको बैठक बसिरहेको बताए।

यसअघि हात्ति परिचालन गर्ने काम भएको जानकारी दिँदै उनले आजको बैठकले सुरक्षा रणनीति बनाउने बताए। 'बैठक बसिरहेको छ। बाघलाई नियन्त्रण गर्नेदेखि मानिसहरुलाई वनमा जान रोक लगाउने कुरा भइरहेको छ,' उनले भने।

प्रकाशित मिति: : 2022-01-08 16:23:00

प्रतिकृया दिनुहोस्