सञ्चारमन्त्री कार्की आइसोलेशनमा, पीसीआर रिपोर्ट आएपछि मात्रै काममा फर्कने

File Photo
File Photo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्। 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए। उनले पीसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन्। माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2022-01-09 10:57:00

प्रतिकृया दिनुहोस्