रोल्पामा सुनिए समयका १७ कविताहरू

सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन्। प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो। पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे।

राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष ९लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना,  छोरा जन्माउन कहाँ सजिलो छ ररु), युग सर्वनाम (खोलाको गति), समृद्धि नेपाल (हाम्रो देश बोल्छ), सुशीला सुवेदी(आमा, अझै पनि याद छ मलाई), विपना मगर (कठै मेरो देशको राजनीति), एलबी साथी(सिटामोल), उत्तम लिम्बु  (कन्डम फुटेपछी), मुकुन्द्र खलपात्र (अर्धनग्न सगरमाथा) शीर्षकका कविता वाचन गरेका थिए।

महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाइ बिर्सनु नहुने उद्घोष गरे। अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए। समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए।

कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्तिथि रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए। 
 

प्रकाशित मिति: : 2022-01-10 13:25:00

प्रतिकृया दिनुहोस्