अन्तर्राष्ट्रिय महिला दिवस

स्किल्स एण्ड थ्रिल्समा युवा उत्साह (तस्बिरहरु)

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको स्किल्स एण्ड थ्रिल्सको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका भएकाे छ।

बुधबार बालुवाटारस्थित अटो फोकस परिसरमा गरिएको कार्यक्रम सबैका लागि खुला राखिएको थियो। कार्यक्रममा विशेष र रोमाञ्चक स्किल, थ्रिल्स र चिलका क्रियाकलापसहित युवा-युवती र विदेशी कुटनीतिक नियोगबाट समेत उत्साहजनक उपस्थित रहेको थियो।

कार्यक्रम निकै रमाइलो र उत्साहजन भएको स्किल्स एण्ड थ्रिल्सका सदस्य निश्मा श्रेष्ठले बताइन्। ‘यो हाम्रो पहिलो कार्यक्रम हो, आर्को साल झन भव्यता साथ तयारी गर्ने छौँ,’ उनले भनिन्।

महिलाको उपलब्धीलाई मनाउने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कार्यक्रममा ओपन ट्र्याक स्ट्यान्ड च्यालेन्ज र महिला टर्टल दौडजस्ता साइक्लिङ खेलको प्रतियोगिता भएको थियो। विशेषगरी महिलाहरूलाई साइकल चलाउने आफ्नो जोशलाई पछ्याउन र स्वस्थ जीवनशैलीको नेतृत्व गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको कार्यक्रममा सयौंको संख्यामा युवाहरुको सहभागी रहेको थियो।

कार्यक्रममा सहासिक क्षेत्रमा सफलता हासिल गरेका उषा खनाल, मिङ्मा याङ्जी शेर्पा, मेनुका गुरुङ र पञ्चमाया तामाङले प्रेरणादायी कथाहरू प्रस्तुत गरेका थिए। उनीहरुले कसरी पितृसतात्मक समाजमा विभिन्न चुनौति झेल्दै, अवरोध तोडेर आ-आफ्नो क्षेत्रमा अगाडि बढेका आ-आफ्ना रोचक र संघर्षशील कथाहरु बताएका थिए।

सोमिया बराइली, केटीए हारु र डीजे दानको प्रत्यक्ष संगीत प्रस्तुतिले कार्यक्रमको थप रौनक र जीवन्तता थपेको थियो। उपस्थित श्रोताहरूले संगीतको तालमा नाचगानसहित र भरपुर आनन्द लिएका थिए।

स्किल्स एण्ड थ्रिल्सको आयोजनामा गरिएको कार्यक्रमको मुख्य प्रायोजक वड्वाईजरले गरेकाे थियो भने लक्ष्मी साइकल सेन्टर, लामा, भोन काठमाडाैँ, म्याप हाउस र कर्मा कफीलगायतको सहयोग रहेको थियो।

प्रकाशित मिति: : 2023-03-09 12:21:00

प्रतिकृया दिनुहोस्