न्युरो अस्पताल विराटनगरसँगको सहकार्यमा शान्तिधामको नि:शुल्क स्वास्थ्य शिविर

न्युरो अस्पातल विराटनगरसँगको सहकार्यमा शान्ति धाम समिति गाईघाटले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।

शान्ति धाम समितीले राष्ट्रिय युवा अभियान नेपालको विशेष पहलमा न्युरो अस्पातल विराटनगर, त्रियुगा नगरपालिका, उदयपुरको संयुक्त आयोजनामा समितिकै परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

त्रियुगा नगरपालिकाकी नगर उपप्रमुख देवीकुमारी चौधरीकले शिविरको शुभारम्भ गरेकी थिइन्। एक दिने शिविरमा तीन सय ८० महिला र दुई सय ५८ पुरुष गरी कुल ६ सय ३८ जनाले स्वास्थ्य परीक्षण गराएको शान्ति धाम समिति गाईघाटका जागेश्वर साहले बताए। 

प्रकाशित मिति: : 2022-01-10 15:08:00

प्रतिकृया दिनुहोस्