दाङमा सुन र पैसा चोरी गर्ने दुई जना पक्राउ

दाङमा घरभित्र पसी बाकसमा रहेको सुन र पैसा चोर्ने दुई जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका वडा न. १ स्थित माथिल्लो भालुवाङ बस्ने देवी गंगा क्षेत्रीको घरबाट सुन र पैसा चोर्ने दुई जना पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय भालुवाङले चोरी गर्ने सोही ठाउँकै १८ वर्षीय बसन्त खत्री र २३ वर्षीय खेमराज चौधरीचोरीलाई पक्राउ गरेको छ। उनीहरुले शनिबार राती पुजा कोठमा रहेको बाकसको ताला फोडेर सुन र पैसा चोरी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

उनीहरुको साथबाट प्रहरीले सुनको बाला ५ थान, मंगलसुत्र २ थान, सुनको सोली ४ थान र निलो बट्टा सहितको रु ६०० चाँदिको सिक्का १ थान बरामद गरेको छ। उक्त सुन र चाँदीको अनुमानित मूल्य ४ लाख ५२ हजार रहेको छ।

त्यसैगरी उनीहरुको साथबाट प्रहरीले ३९ हजार ५ सय नगद र एउटा रेडमीको मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका खत्री र चौधरीले यि सामानहरु विभिन्न ठाउँमा लुकाएर राखेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-01-10 17:18:00

प्रतिकृया दिनुहोस्