सुनसरी प्रेस चौतारी अध्यक्षमा पहिलो पटक महिला

photo :NK
photo :NK

प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन्। उपाध्यक्षमा विकास चाम्लीङ र विमला घिमिरे चयन भएका छन्। सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्तावा र केदार बस्नेत चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन। २५ सदस्यीय समितिमा छ सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन्।

पत्रकारितामा लामो  समय काम गरेकी प्याकुरेल यस अघि पत्रकार महासंङ्घ सुनसरीको उपाध्यक्ष भएर काम गरिसकेकी हुन्। जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन्। सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन।
 

प्रकाशित मिति: : 2022-01-10 21:31:00

प्रतिकृया दिनुहोस्