उर्लाबारी घेदुङमा राजकुमार योञ्जन 

उर्लाबारी, नेपाल तामाङ घेदुङ संघ उर्लाबारीको अध्यक्षमा राजकुमार योञ्जन चयन भएका छन्।

उर्लाबारी (५) स्थित पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा भएको घेदुङ उर्लाबारीको सातौ नगर अधिवेशनबाट योञ्जनको नेतृत्वमा नयाँ समिति चयन भएको हो।

घेदुङका नगर उपाध्यक्षमा चन्द्रमान तामाङ र खड्गकुमारी मोक्तान रहेका छन्। यस्तै, सचिव र कोषाध्यक्षमा मनमाया तामाङ र चित्रबहादुर तामाङलाई चयन गरिएको निवर्तमान नगर अध्यक्ष राजु घिसिङ लामाले बताए।

उनका अनुसार सदस्यहरुमा मधुमाया मोक्तान, हेमबहादुर योञ्जन, धनबहादुर मोक्तान तामाङलगाएत रहेका छन्।

कार्यक्रममा स्थानीयस्तरमा उर्लाबारी तामाङ घेदुङ अग्रणि संस्थाका रुपमा रहँदै आएकोले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिइरहन नयाँ कार्यसमितिलाई घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजङ तामाङले आग्रह गरे।

उर्लाबारी तामाङ घेदुङकै अगुवाइमा मिस तामाङ प्रतिस्पर्धा हुँदै आएको छ भने पूर्वकै ठुलो बुद्ध मुर्तिसहितको बौद्ध गुम्बा उर्लाबारीमा सञ्चालनमा छ।

घेदुङले जातीय हितमा मात्रै नभएर सामाजिक गतिविधिमा उल्लेखनीय भुमिका खेल्ने उपाध्यक्ष चन्द्रमान तामाङले बताए।

घेदुङको उद्घाटन सत्रमा तामाङ अगुवाहरु महेन्द्रजंग तामाङ, रुद्रबहादुर तामाङ, शोभितमाया तामाङ, राजु घिसिङ लामा लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित मिति: : 2022-01-11 10:06:00

प्रतिकृया दिनुहोस्