पाँच घण्टामा १९४ मत खस्यो

नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ। बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए। मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन्।

मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ। एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ। यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन्। मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन्। 

प्रकाशित मिति: : 2022-01-11 16:18:00

प्रतिकृया दिनुहोस्