अनि शून्यमा झरेको बिरामी भर्ना फेरि उकालो लाग्यो…

अनलाइनखबर

काठमाडौँ

काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुस १७ र १८ मा कोरोना संक्रमित भई भर्ना हुनेको संख्या शून्यमा झरेको थियो। तर केही दिनयता संक्रमितको भर्ना दर ह्वातै बढेको छ।

अस्पतालको तथ्यांकअनुसार आइतबार (२५ पुस) १३ जना संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २६ जना संक्रमित उपचाररत छन्।

लक्षण परिर्वतन, खोप लगाएका पनि संक्रमित

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमित भएर उपचारका लागि आएका धेरै जनाको संक्रमणको स्रोत पहिचान हुन सकेको छैन। साथै लक्षण पनि विगतमा कोरोना संक्रमण हुनेलाई भन्दा केही फरक पाइएको छ। दोस्रो लहर (डेल्टा) ले अधिकांश मानिसमा स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको थियो। अहिले संक्रमितहरुमा गन्ध तथा स्वाद नआउने समस्या नदेखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बम बताउँछन्।

प्रकाशित मिति: : 2022-01-11 19:13:00

प्रतिकृया दिनुहोस्