पोखरामा तपाईंको मास्क खै अभियान सुरु [तस्बिरहरु]

Breaknliks
Breaknliks

जिल्ला प्रहरी कार्यालय कास्कीले तपाईंको मास्क खै अभियान सुरु गरेको छ। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि प्रहरीले मास्क नलगाई हिड्नेलाई मास्क वितरण अभियान थालेको हो।

विश्वव्यापी रूपमा बढ्दै गई रहेको कोरोना भाईरसको  नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दर बढेसँगै प्रहरीले यस्तो अभियान थालेको हो। कोरोना भाइरसबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊँ भन्ने अभिप्रायका साथ 'तपाइँको मास्क खै कार्यक्रम' अन्तर्गत सार्वजनिक तथा यात्रु वाहक सवारी साधन तथा पैदल यात्रीहरूलाई अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले मास्क नलगाई हिड्ने व्यक्तिहरूलाई सम्झाई बुझाई गर्नुका साथै मास्क नलगाई हिँडडुल गर्ने व्यक्तिहरूलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अभियान अन्तर्गत पहिलो चरणमा  ३७१४ थान मास्क र ८२५ थान पर्चा पम्प्लेट वितरण गरिएको प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: : 2022-01-11 19:34:00

प्रतिकृया दिनुहोस्