पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता

पहिरो खस्दा धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन्।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेको हो।

आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए।

प्रकाशित मिति: : 2022-01-13 10:03:00

प्रतिकृया दिनुहोस्