कर्णालीका सिमानामा न हेल्थ डेस्क, न होल्डिङ सेन्टर

अनलाइनखबर

काठमाडौँ

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन्। तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ। सरकारको यो व्यवास्ताले गाउँ-गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता छ।

कर्णाली प्रदेश भित्रिने मुख्य गरी तीनवटा सीमा नाका छन्- सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामु। यी नाकाहरुबाट दैनिक सयौंको संख्यामा कालापहाड (भारत) गएका कर्णालीवासीहरू घर फर्किरहेका छन्।

तर ती नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्ने ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन। दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा ल्याइएको छैन। सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत प्रदेश सरकारसँग छैन।

प्रकाशित मिति: : 2022-01-13 12:29:00

प्रतिकृया दिनुहोस्