मुक्त कमलरी : उन्मुक्तिपछिको उडान

अनलाइनखबर

काठमाडौँ

मञ्जिता चौधरीसँग साट्नुपर्ने जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा पनि छन्। जमिनदारको घरमा उनी दास सरह भएर बसिन्। उनको बाल्यकालका सुन्दर दिन दासताको अन्धकारमुनि रुमलिए।

कालान्तरमा उनले त्यही दासता विरुद्धको लडाइँ लडिन्। सिंगो मुक्त कमलरी विरुद्धको आन्दोलनको नेतृत्वपंक्तिमा रहिन्। आफूसँगै हजारौंको अगुवाइ गरिन्। र, मुक्ति पश्चात् सफलताको उडान भरिन्।

दाङको गढवा-५ की मञ्जिता आज जहाँ छिन् त्यसयता विगतलाई र्फकेर हेर्नुपरेन। कमलरी बस्दाका दिन सम्झँदा आफ्नै जीवनमा यति ठूलो परिवर्तन आउला भन्ने सोचेकीसम्म थिइनन् उनले। मञ्जिता भन्छिन्, ‘जीवनमा नसोचेको भयो।’ मञ्जिताले आफ्नो कथा सुनाउँदै विगततर्फ डोर्‍याइन्।

प्रकाशित मिति: : 2022-01-15 19:59:00

प्रतिकृया दिनुहोस्