कोरोना रोकथामका लागि प्रहरीले बढायो सक्रियता [भिडियोसहित]

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखी प्रहरीले बौद्ध क्षेत्रमा सुरक्षा परिचालन बढाएको छ।

विषेश गरी यो समयमा बौद्ध क्षेत्रमा अरूबेला भन्दा बढी भक्तजनहरु आउने भएका कारण भीडभाड बढी हुने गर्छ। त्यसैले बौद्ध प्रहरी कारोना रोकथामका लागि आफ्नो सक्रियता बढाएको हो।

प्रहरीले बौद्ध स्तुपा क्षेत्रमा आवश्यक प्रहरी परिचालन गरी स्वास्थ्य सुरक्षाका लागि जनचेतनाका कार्यहरु अघि बढाएको छ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेका बेला बौद्ध प्रहरीले त्यसलाई कार्यान्वयन गराउनका लागि फिल्डमा खटिएर आम नागरिकलाई सचेत गराउन थालेको हो।

मानिसहरुकाे बढी भीडभाड हुने क्षेत्र, बौद्ध स्तुपा परिसर र विभिन्न पसलमा पुगेर प्रहरीले कोरोनाबाट बच्ने उपाएका साथै स्वास्थ्य मापदण्डको पालना गराउने जस्ता कार्य गर्दै आएको छ।

‘हामी रातदिन फिल्डमा छौँ,’ महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘अन्य समयभन्दा यो समय बौद्धमा मानिसहरुको बढी आउजाउ हुन्छ। हामीले त्यसलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने तर्फ लागेका छौं।’

त्यसैगरी प्रहरीले बौद्ध क्षेत्रमा मास्क नलगाएर हिंड्ने नागरिकलाई मास्क वितरण गर्नेदेखि स्यानिटाइजर वितरण समेत गर्दै आएको छ।

कोरोना रोकथामका लागि प्रहरीले मात्र नहुने भन्दै त्यसमा आम नागरिक पनि सचेत हुनुपर्ने डिएसपी न्यौपानेले बताए।

प्रकाशित मिति: : 2022-01-19 17:10:00

प्रतिकृया दिनुहोस्