‘वैकल्पिक राजनीति’को हरिबिजोग कि कठोर सम्परीक्षण ?

अनलाइनखबर

काठमाडौँ

पहिलो संविधानसभाको असफलताको सेरोफेरोमा नेपालमा ‘वैकल्पिक राजनीति’ को चर्चा हुन थालेको थियो। त्यसयता यसमाथि दाबी प्रस्तुत गर्ने तीन वटा स-साना राजनीतिक संगठन थिए- विवेकशील दल, नयाँ शक्ति पार्टी र साझा पार्टी। बितेको करीब एक दशकका अभ्यास, घटनाक्रम र उपलब्धि हेर्दा ‘वैकल्पिक राजनीतिवाला’ हरूको पनि हरिबिजोग भयो भन्नु/भनिनु अस्वाभाविक हैन।

तर, सत्य आफैंमा एक गतिशील यथार्थ हो। हिजो जे थियो, आज त्यो जस्ताको तस्तै छैन। आज जे छ, भोलि त्यो हुने छैन। सृष्टिको नियममा कुनै पनि अस्तित्व एउटै रूपमा निरन्तर रहन सक्दैन। विकासको प्रक्रियामा अनेक आरोह-अवरोह भोग्नु सबैको स्वाभाविक र साझा नियति हो।

हरिबिजोगको भाष्य

यसबीच वैकल्पिक राजनीतिको हरिबिजोग भएको भनाइमा सत्यको अंश नभएको भने हैन। विवेकशील दल, नयाँ शक्ति र साझा पार्टीका अभ्यास, कमजोरी र असफलताको जगमा ‘हरिबिजोगको भाष्य’ बनेको हो भने त्यो ठीक छ। यही सीमा र सीमितताबाट मात्र हेर्ने हो भने ‘हरिबिजोग’ मात्र हैन, ‘कन्तबिजोग’ नै भएको हो भनेर स्वीकार गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-01-23 11:32:00

प्रतिकृया दिनुहोस्