मलयालम फिल्मको 'रङ्ग बिरङ्गी' मा स्वस्तिमाको आइटम डान्स [भिडियो]

साउथ इन्डियन (मलायालम) चलचित्र थिरमालीको गित युट्युबमा सार्वजनिक भएको छ। चलचित्रमा नेपाली अभिनेत्री स्वतिमा खड्काको पनि अभिनय रहेको छ। चलचित्रको एउटा आइटम गित 'रङ्ग बिरङ्गी' सार्वजनिक भएको हो।

गायिका सुनिधि चौहानको स्वरमा रहेको उक्त गितमा स्वस्तिमाको 'आइटम डान्स' रहेको छ। गितमा अत्यन्तै बोल्ड अवतारमा देखिएकि अभिनेत्री स्वस्तिमाको चलचित्रमा कस्तो भुमिका रहेको छ थाहा पाउन भने चलचित्रनै कुर्नुपर्ने हुन्छ।

चलचित्रमा स्वस्तिमा सगैँ अर्का नेपाली कलाकार तथा निर्देशक माओत्से गुरुङको पनि अभिनय रहेको छ। चलचित्रका धेरै दृश्यहरु नेपालका पनि रहेका छन्। चलचित्रमा विविन जर्जी र धर्माजन बोगटी लगायतको अभिनय रहेको छ।

चलचित्रलाई यस.के. लरेन्सले निर्माण गरेको हुन् भने चलचित्रको पटकथा सम्बाद एचिभर एलेक्स र राजिव शेट्टिले तयार गरेका हुन। उक्त चलचित्रलाई राजिव शेट्टिले निर्देशन गरेका हुन्।

प्रकाशित मिति: : 2022-01-23 12:40:00

प्रतिकृया दिनुहोस्