कोभिड महाव्याधि : बहसमा छुटेको र सरकार चुकेको महत्त्वपूर्ण सवाल

अनलाइनखबर

काठमाडौँ

सबै नागरिकको समस्या एउटै विधिबाट हल हुँदैन। समस्या अनुसार समाधान दिन सक्नुपर्छ। अत्यधिक संकटमा फसेको न्यून वर्गका मानिस उच्च प्राथमिकतामा पर्नुपर्छ। कोभिडले उनीहरूको जीवनमा दीर्घकालीन समस्या पैदा गरिरहेको छ। यो वर्ग लामो समय यसबाट प्रभावित भइरहनेछ।

स्वास्थ्य क्षेत्रमा देखिएको अहिलेको अवस्था हाम्रो स्वास्थ्य प्रणालीको समग्र तस्वीर हो। हाम्रो स्वास्थ्य नीतिमा नै केही कमजोरी छन्। यसले विशेषतः समानता र सामाजिक न्यायको मूल मर्मलाई अझै पक्रन सकेको छैन।

कोही पनि नागरिक गरीब भएकाले, दुर्गम भेगको भएकाले अथवा अरू कुनै कारणले स्वास्थ्य सेवामा पहुँच नपाएर अकालमा मृत्युवरण गर्नु नपरोस्, कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने समानता र सामाजिक न्यायको मर्म हो। हाम्रो प्रणालीले गरीब र किनारामा परेका नागरिक समूहका लागि आवश्यक सुरक्षा दिनसकेको छैन। कोरोना महाव्याधिमा देखिएका समस्या यसैको अभिव्यक्ति हो।

प्रकाशित मिति: : 2022-01-23 17:05:00

प्रतिकृया दिनुहोस्