एक्काइसौँ शताब्दीका एक्काइस चिन्ताहरू

शिलापत्र

काठमाडौँ

यो संसारमा चिन्ता नभएको मानिस को छ र ? सिग्मण्ड फ्रायडले त्यतिकै भनेका होइनन् ‘जन्म नै चिन्ताको पहिलो अनुभव, त्यसको स्रोत र प्रभावको प्रारुप हो’ भनेर। तर, आज निजी जीवनका बारेमा सोच्नु खास ठूलो कुरा भएन। पृथ्वी र मानव अस्तित्वकै बारेमा संसारमा बहसहरू भइरहेका छन्। मानव संर्घषकै परिणामस्वरुप मानव सभ्यताको विकासमा नयाँनयाँ आयामहरू थपिँदै गएका हुन् भने समाजको आमूल परिवर्तन पनि सम्भव भएको हो।

वर्तमान समयमा यो ग्रह एवं मानव अस्तित्वलाई नै खतरा पुग्ने गरी मानवीय आविष्कारको (अ) विकासले गति लिएको र यसले विभिन्न डिस्कोर्स जन्माएको छ । आजको विश्वको प्रमुख चिन्ता एवं चुनौतीको रूपमा पर्यावरणीय संकट नै प्रमुख हो। यसैगरी, आणविक युद्ध/प्रसार‚ प्रविधिले निम्त्याउने विनाश र पुँजीवादको शोषण एवं बहिष्करण मानवीय अस्तित्वको विनाशका लागि उद्यत छन्। यहाँ एक्काइसौँ शताब्दीका तपाईं हाम्रा एक्काइस चिन्ताहरूबारे केही विमर्श गरेको छु।

१. पर्यावरणीय संकट : अन्तर्राष्ट्रिय फोरममा पर्यावरणसम्बन्धी मुद्दा बढी चिन्ताको विषय हो। किनकि यसले पारिस्थितिक प्रणालीको आधार परिवर्तन गरिरहेको छ‚ जलवायुमा परिवर्तन भइरहेको छ। विश्वमा एक प्राकृतिक सन्तुलन छ जसको अङ्ग मानव एवं प्राणी‚ धर्ती‚ जल तथा वातावरण हो। जब कुनै पनि अङ्गमा प्राकृतिक वा अप्राकृतिक कारणबाट परिवर्तन आएमा असन्तुलनको स्थिति उत्पन्न हुन जान्छ र संकट निम्तिने गर्दछ। मानिसको घोर लालची प्रवृत्ति‚ प्राकृतिक संसाधनको क्रूर दोहन‚ उपभोक्तावादी संस्कृति आदि कारणले प्रकृतिको मूल संरचना विकृत भएको छ/ हुँदै गएको छ।

प्रकाशित मिति: : 2022-01-27 09:56:00

प्रतिकृया दिनुहोस्