जुलियाको प्रेम निशानी ओढेर संसार छाडेका दशरथ चन्द

शिलापत्र

काठमाडौँ

राणा शासनविरुद्ध ‘बगावत’ गरेको आरोपमा २ कात्तिक १९९७ मा काठमाडौंको पकनाजोलबाट पक्राउ परेका थिए, दशरथ चन्द। पकनाजोलको मावली घरबाटै उनलाई उठाएर लगिएको थियो।

चन्दभन्दा अघि शुक्रराज शास्त्री पक्राउ परिसकेका थिए। शास्त्रीपछि क्रमशः ‘प्रजा परिषद’का सदस्य र राणाविरुद्ध बगावत गरेको आरोपमा करिब ५ सय व्यक्तिहरू पक्राउ परे।

राणा शासन अन्त्य गर्ने ध्येयले खोलिएको प्रजा परिषद्‍का उपाध्यक्ष थिए, दशरथ चन्द। पक्राउ परेका बेला उनले लगाएको पहिरनको वर्णन गर्दै डा. राजेश गौतम' शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलनु पुस्तकमा लेख्छन्, ‘कृष्णबहादुर थापा (पक्राउ गर्न गएका मान्छे) घर घेरेर बसिरहे। केही समयपछि दशरथ चन्द डम्बरकुमारी खास्टो ओढेर आए।’

प्रकाशित मिति: : 2022-01-30 10:42:00

प्रतिकृया दिनुहोस्