शाहरुख खानकी छोरी सुहानालाई ‘डेट’ गर्ने केटामा हुनुपर्ने यी गुण ! 

File photo
File photo

‘कभी–कभी कुछ जीत्ने के लिए कुछ हारना भी पड्ता है, और हारकर जीत्ने वालेको बाजीगर कहते है’ यो डायलग सुन्ने बित्तिकै हामी बलिउडका ‘किगं खान’ अर्थात् शाहरुख खानलाई सम्झन्छन्। 

बलिउडमा ‘रोमान्स किगं’ का नाम पनि चिनिने उनले युवहरुलाई रोमान्स गर्न सिकाएका छन्। तर लाखौँ केटीहरुको मनमा राज गर्ने उनको मनमा उनी पत्नि गौरी खान छिन्। उनी सबैभन्दा बढी आफ्नो सन्तानलाई माया गर्छन्। 

उनको छोरी सुहाना २१ वर्षकी भइसकेकी छिन्। जसकारण दर्शकहरु ‘स्टार किर्डस्’ लाई देख्न चाहन्छन्। एक इन्टरव्यूमा जब शाहरुखलाई छोरी सुहानाको प्रेमीकोबारेमा साधियो तब उनले सुहानाको प्रेमीमा ७ गुण हुनुपर्ने बताएका थिए। उ

नले भने सुहाना दिनदिनै चर्चामा आइरहेकी छिन्। अक्सर उनलाई छोरीको विषयमा प्रश्न आइरहने गर्छ। जसलाई उनले वेवास्ता पनि गर्ने गरेका छन्। तर उनको छोरी र प्रेमीको कुरा आउँछ तब उनी रिसाउने गर्छन् र भन्ने गरेका छन्–केटासँग ७ चिज हुनुपर्नेछ। 

१.काम गर्ने, २.सम्झ कि म तिमीलाई मन पराउदिनँ, ३. म सबै ठाउँमा हुनेछु, ४.आफ्नो एक वकिल राखोस्, ५.उनी मेरो राजकुमारी हुन् तिम्रो जीत होइन, ६.मलाई दुई पटक जेल जानमा आपत्ती छैन र ७. तिमी उनीसँग ने गछौँ म तिमीसँग त्यही नै गर्नेछु।

शाहरुखले आफ्नो छोरीको हुनेवाला प्रेमीको बारेमा ‘कफी वुइथ करण’ मा बताएका थिए। जहाँ उनी आलिया भट्टसँग गएका थिए। 

आलियाले बताएकी थिइन् कि उनको १६ वर्षको उमेरमा सम्बन्ध बनेको थियो। जुन कुरा सुनेर शाहरुखलाई पनि सोधिएको थियो–‘तपाईको छोरी १६ वर्षकी भइन्, के तपाई त्यो मान्छेलाई मार्नु हुन्छ जसले तपाईको छोरीलाई किस गर्छ?’ 

त्यो कुरा सुनेर शाहरुखले भने, ‘म उसको ओठ काटिदिन्छु’ उनको त्यो कुरा सुनेर करणले भने, ‘मलाई यो कुरा थाहा थियो।’ त्यही कुरा गर्दे शाहरुखले भनेका थिए–‘यदी छोरा आर्यनले कुनै केटीलाई किस गरेको थाहा पाएँ भने उसको पनि ओठ काटिदिनेछु।’ 

प्रकाशित मिति: : 2022-01-30 18:44:00

प्रतिकृया दिनुहोस्