नाइजेरियामा अज्ञात बन्दुकधारीद्धारा एघारको हत्या

File Photo
File Photo

उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ। सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ। सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर रुपमा घाइते भएका छन्।उनीहरुले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन्।प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्याएको थियो। सो हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन। यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: : 2022-01-31 14:27:00

प्रतिकृया दिनुहोस्