मुकुन्द स्थीत खलपात्र
स्वाद लिइ-लिइकन
आगोको झिल्कोले डढेलोको रुप लिएर
हुर्हुर्ती वन खाए झैँ,
पत्तो नदिईकन ईर्ष्या र कुन्ठाले कुटु-कुटु मुटुको
धड्कन खाए झैँ,
भोको आन्द्राले भत-भती तरुनी सृजनाको
कलिलो जोवन खाए झैँ,
पतीतमयी तलाउमा पलाएको रुमानी कमलले
वर्तमान खाए झैँ
मुर्दाबस्तीमा व्याप्त मुर्दाशान्तिले ज्युँदोपनाको
सम्मान खाए झैँ ,
उसले आफूलाइ खाएर अघायो।
उनीहरु पनि उसलाइ देखेर
अघाउनु पर्ने हो
तर
आफुलाई खाएरपनि उनीहरु
अघाउन जानेनन्।
उफ!
यो अघाउनुको मृगमरिचिका
कहिल्यै खाइलाग्दा देखिएनन
खाएकाहरुका आँखा
निरिहपनको अन्तिम विन्दु
आफूलाइ खाएर फगत
हुनु हैन खरानीमा परिणत
छामेर काल-देश
बाँधेर आफ्नो परिवेश
रहन्छ केही शेष
समय प्रेमिकासँग
स-सम्मान मागेर उत्कर्षको योनिश्राव,
भोकको कविताद्वारा आर्जित रकमले
खरिद गरेर जुनको मुल्यहिन दाग,
अस्तित्वको खरानीसँग
मागेर ज्युँदोपनाको आक्रोशको ताप
भत्कदो हिटिरे मनस्थितिलाई
समुल भत्काएर शुक्राणु
आफ्नै अस्तित्वको ब्रम्ह बनी
ओ मृगमरिचिका !
अब म
अर्को ब्रम्ह सृजना गर्दैछु।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया