मुकुन्द स्थीत खलपात्र
स्वाद लिइ-लिइकन
आगोको झिल्कोले डढेलोको रुप लिएर
हुर्हुर्ती वन खाए झैँ,
पत्तो नदिईकन ईर्ष्या र कुन्ठाले कुटु-कुटु मुटुको
धड्कन खाए झैँ,
भोको आन्द्राले भत-भती तरुनी सृजनाको
कलिलो जोवन खाए झैँ,
पतीतमयी तलाउमा पलाएको रुमानी कमलले
वर्तमान खाए झैँ
मुर्दाबस्तीमा व्याप्त मुर्दाशान्तिले ज्युँदोपनाको
सम्मान खाए झैँ ,
उसले आफूलाइ खाएर अघायो।
उनीहरु पनि उसलाइ देखेर
अघाउनु पर्ने हो
तर
आफुलाई खाएरपनि उनीहरु
अघाउन जानेनन्।
उफ!
यो अघाउनुको मृगमरिचिका
कहिल्यै खाइलाग्दा देखिएनन
खाएकाहरुका आँखा
निरिहपनको अन्तिम विन्दु
आफूलाइ खाएर फगत
हुनु हैन खरानीमा परिणत
छामेर काल-देश
बाँधेर आफ्नो परिवेश
रहन्छ केही शेष
समय प्रेमिकासँग
स-सम्मान मागेर उत्कर्षको योनिश्राव,
भोकको कविताद्वारा आर्जित रकमले
खरिद गरेर जुनको मुल्यहिन दाग,
अस्तित्वको खरानीसँग
मागेर ज्युँदोपनाको आक्रोशको ताप
भत्कदो हिटिरे मनस्थितिलाई
समुल भत्काएर शुक्राणु
आफ्नै अस्तित्वको ब्रम्ह बनी
ओ मृगमरिचिका !
अब म
अर्को ब्रम्ह सृजना गर्दैछु।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया