फेवा किनारका जग्गाधनीको पीडा : न सरकारले लिन्छ, न गरी खान दिन्छ

शिलापत्र

काठमाडौँ

फेवाताल किनारबाट ६५ मिटर दूरीसम्म कुनै संरचना बनाउन पाइँदैन। पोखरा उपत्यका नगर विकास समितिले २०६४ सालमा फेवाताल वरपर ६५ मिटर क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड तोकेको थियो। ६५ मिटरभित्रै व्यक्तिको नाममा रहेका जग्गामा होटल–रेस्टुरेन्ट बन्ने क्रम रोकिएको छैन। 

गत वैशाख दोस्रो साता फेवाताल किनारको खपौँदीमा पोखरा महानगरपालिकाले निर्माणाधीन रिटेनिङ पर्खालमा डोजर चलायो। तालको मापदण्डभित्रै पर्खाल लगाइएको भन्दै लालपुर्जा भएको व्यक्तिकै जग्गामा महानगरले डोजर लगाएको थियो। वैशाखको जसरी नै पोखरा १८, खपौँदीमा फेरि पर्खाल लगाइएको छ।

फेवा किनारमा रमिता : पर्खाल भत्काउन गएको डोजर ‘खोस्रेर’ फर्कियो

नीतिगत निर्णय गरेर ताल किनारमा बनेका संरचना हटाउने काम गर्नुपर्ने महानगर र गण्डकी प्रदेश सरकार निर्माण रोक्ने चेतावनी दिनमै सीमित छन्। नयाँ मापदण्ड तोक्न गत हप्ता महानगरले समिति बनाएको छ। फेवाताल किनारमात्रै होइन, तालभित्र पनि व्यक्तिगत लालपुर्जाको जग्गा छ। ताल बाहिरका त्यस्तो जग्गामा पनि व्यक्तिले आफूखुसी संरचना बनाउन पाउँदैनन्। 

प्रकाशित मिति: : 2022-02-01 14:08:00

प्रतिकृया दिनुहोस्