स्थानीय तहकाे निर्वाचन मिति तत्काल घाेषणा नभए आन्दाेलनकाे आँधीबेरी ल्याउँछाैँ: एमाले नेता बलम्पाकी

नेकपा एमालेका नेता टेकबहादुर बलम्पाकीले सरकारले तत्काल स्थानीय तहकाे चुनावकाे मिति घाेषणा नगरे एमालेले आन्दाेलनकाे आँधिबेरी ल्याउने बताएका छन्।

एमालेकाे महाेत्तरी जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य बलम्पाकीले एमालेकाे भंगाहा नगर कमिटी बैठकलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन्।

सत्ता गठबन्धन जनतामा जान डराएर चुनावकाे मिति लम्ब्याउने षडयन्त्रमा लागेकाे उनकाे दाबी छ।

‘चुनावमा पत्तासाफ हुने डरले सत्तागठबन्धन जनतामा जान डराएकाे छ। चुनावकाे मिति सार्ने षडयन्त्र एमालेले कदापी सफल हुन दिने छैन,’ नेता बलम्पाकीले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेकाे विकास/निर्माणकाे फेहेरिस्त बाेकेर टाेलटाेलमा गएर चुनाव प्रचारमा लाग्न निर्देशन दिँदै नेता बलम्पाकीले भने,‘एमालेलाई कुनै पनि तागतले तीनै तहकाे चुनावमा हराउँन सक्ने छैन।’

बैठकलाई सम्बाेधन गर्दै एमालेका अर्का केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्लाका सहईञ्चार्ज सराेजकुमार यादवले ओली सरकारले तराईमा विकासकाे मुल फुटाएकाे भन्दै एमालेलाई मधेश बिराेधी भनेर कुप्रचार नगर्न आग्रह गरे।

प्रकाशित मिति: : 2022-02-01 17:27:00

प्रतिकृया दिनुहोस्