तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित

बिएल संवाददाता

दार एस सलाम
File photo
File photo

तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छिन्। तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन। उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन। 
 
तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएकी थिन। उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन।नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी सिसिएम पार्टीकी नेतृ हुन। उनी तान्जानियाको आठौं सभामुख भएकी छिन। महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो।पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2022-02-02 16:39:00

प्रतिकृया दिनुहोस्