केपीलाई ‘बा’ भनी बाेलाउँदा कसकाे के बिग्रियाे ?

शिलापत्र

मन्दिप भट्टराई

यो लेख सुरु गर्नुभन्दा अगाडि एउटा कुरा प्रस्ट गर्न चाहन्छु। म नेकपा (एमाले) को कार्यकर्ता होइन। अझ खुलेर भन्दा विगत केही वर्षदेखि केपी ओलीका खास निर्णय र क्रियाकलापहरूको आलोचक हुँ। यद्यपि यो उनका समर्थकहरूको कित्तामा बसेर लेखिएको लेख हो। यी दुई वाक्य पढिसकेपछि तपाईं अन्योलमा पर्नुभयो होला। पख्नुस्, अब म अलिक स्पष्ट पार्छु। कम्युनिस्ट पार्टीभित्र एक कार्यकर्ताले अर्को कार्यकर्ता वा नेतालाई सम्बोधन गर्दा ‘कमरेड’ भनेको तपाईंले सुन्नुभएको छ ? पक्कै सुन्नुभएको छ। फरक रूपमा केपी ओलीलाई भने अचेल पार्टीभित्रका युवा विद्यार्थीहरूले ‘बा’ भनेर सम्बोधन गर्छन्। हो यही ‘बा’ भन्ने उनीहरूको कुराको चैँ म गजबको समर्थक हुँ। यसैको सेरोफेरोमा यो लेख लेख्दैछु। यसमा केही आलोचना र अपेक्षाहरूसमेत मिसमास हुन सक्छन्।  

यो पढिरहँदा तपाईंलाई लाग्दै होला, यो पुरानो कुरा किन लेखेको होला ? यो त पुरानो भइसक्यो। केही दिनअघि सूर्य थापाको फेसबुक पेजमा एक जना दाह्री–कपाल सेतै फुलेका, टोपी लगाएका, उमेरले परिपक्व व्यक्तिबाट अभद्र शैलीमा, असहिष्णु ढंगले ‘बा’ माथि प्रतिक्रिया आएपछि भने केही लेख्नैपर्छ भनेर यो जमर्को गरेको हुँ।

प्रकाशित मिति: : 2022-02-05 09:46:00

प्रतिकृया दिनुहोस्