अन्ततः चुनावतिर मुलुक

दैलामा आउँदै छन् दलहरू

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले/ राधा खनाल

दलहरू फेरि तपाईं–हाम्रो घरदैलामा आउने भएका छन्। किनभने, मुलुकको राजनीतिक माहोल निर्वाचनतिर धकेलिएको छ। सरकारले अन्ततः सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। 

सत्तारुढ गठबन्धनले भने यसलाई असोजदेखि मंसिरसम्म धकेल्न खोजेको थियो। तर, वैशाखकै मिति घोषणा गर्नमा केही कारण छन्। पहिलो, चौतर्फी दबाब। त्यसपछि प्रमुख प्रतिपक्षी एमालेको अडान। कांग्रेसमा डा. शेखर कोइराला समूहको खबरदारी। निर्वाचन आयोगको ताकेतालगायत। 

सरकार निर्वाचन गर्ने सोचमा नभएको तर चौतर्फी दबाबले बाध्य भएको बताउँछन्, स्थानीय शासनविज्ञ डा. श्यामकृष्ण भुर्तेल। ‘सरकारले त चुनाव चाहेकै थिएन नि ! सकेसम्म संविधानको अपव्याख्या गरेर छिद्र प्रयोग गरी पछि धकेल्न  खोजिरहेको थियो’, डा. भुर्तेल भन्छन्, ‘तर आमदबाबका अगाडि सरकारको केही लागेन। बाध्य भएर घोषणा गर्नुपर्‍यो।’ दलहरू संघीयताप्रति प्रतिबद्ध नदेखिएको उनी बताउँछन्। 

प्रकाशित मिति: : 2022-02-08 09:41:00

प्रतिकृया दिनुहोस्