महेन्द्रको कृषि प्रेम : जसले ४० हजार लगानी गरेर ५ लाख कमाउँछन्

शिलापत्र

मिलन आचार्य

लहलह परेको, हेर्दा नै ‘खाऊँ खाऊँ’ लाग्ने रायोको साग । त्यसको ठीक पछाडि बैगुनखेती । झापाको बाह्रदशी– ५ मा पर्ने पटुबारी टोलको बाटैबाट गज्जबको तरकारी खेती देखिन्छ । त्यो बाटो हिँड्ने कोही पनि एकैछिन रोकिएर खेती हेरेर हिँड्छन् । धेरैले त किनेरै लैजान्छन् । त्यो लोभलाग्दो तरकारी खेती हो महेन्द्र राजवंशीको । उनले जानेदेखि नै खेती गर्दै आएका छन् । उनको अघिल्लो पुस्ताले पनि खेती किसानीमै जिन्दगी बितायो । राजवंशी पनि पुर्ख्यौली पेसामा रमाइरहेका भेटिन्छन् । 

राजवंशीले ५ कट्ठा जग्गामा सब्जीखेती गरेका छन् । यतिबेला उनको बगानमा रायोको सागको सिजन चलेको छ । उनलाई सब्जी खेतीमा जुन आनन्द मिल्छ, त्यो अरू केहीमा पाउँदैनन् । भन्छन्, ‘अरु त केही आउँदैन पनि, मैले जे जानेको छु, त्यो यही खेती हो, यसमा जति मजा र सजिलो अरू केही गर्दा पनि हुन्न ।’ 

हुनैलाई चाहिँ राजवंशीको आम्दानी वर्षको ५ लाख हाराहारीमा हुन्छ । कहिलेकाहीँ सबै मिलेको बेला ६ लाखसम्म पुग्छ । यति आम्दानीले उनको परिबार सजिलै चलेको छ । ५–६ लाखसम्म पुर्‍याउन उनले जम्मा ४० हजारको हाराहारीमा लगानी गर्छन् । मेहनतबाहेक उनको बालीमा लाग्ने मूल्य ४० हजार हो । उनले भने, ‘अरू के पेसामा यति थोरै लगानी गर्दा यति धेरै आम्दानी होला र ?’

प्रकाशित मिति: : 2022-02-08 14:14:00

प्रतिकृया दिनुहोस्