चोक-चोकमा ‘अफलाइन राइडर’को पासो

चालक र यात्रु दुबै असुरक्षित

अनलाइनखबर

काठमाडौँ

गत ८ माघमा काठमाडौंका प्रविन राईले राति सामखुसीबाट कोटेश्वरसम्म पठाओको एपमार्फत सुरक्षित ‘राइड सेवा’ लिए। राति साढे ११ बजे कोटेश्वरबाट उनले बाटोमा भेटेको एक मोटसाइकल चालक (राइडर) सुमन तामाङसँग धापाखेल जान मोलमोलाइ गरे ।

राइड सेयरिङ एपको सिस्टम छलेर अफलाइन सेवा लिने उनको निर्णय त्यतिबेला आत्मघाति सावित भयो, जतिबेला उनले आफू लुटेराहरुको योजनाअनुसार अपहरणमा परेको पत्तो पाए।

धापाखेलमा पुगेपछि मोटरसाइकल चालक तामाङका साथी मिनराज राई पनि आइपुगे । त्यसपछि एकान्तमा लगेर प्रविनको मुखमा टेप र हातखुट्टामा डोरी बाँधियो । त्यहाँ राईमाथि कुटपिट मात्रै भएन, नगद ८ हजार  नगद पनि लुटेर मोटरसाइकल चालक र उनका सहयोगी फरार भए ।

ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार राति साढे १ बजे होहल्ला भएपछि स्थानीयले गरेको खबरका आधारमा प्रहरीले राईलाई उद्दार गरेर अस्पताल पुर्‍याउनु परेको थियो ।

 

 

प्रकाशित मिति: : 2022-02-10 12:12:00

प्रतिकृया दिनुहोस्