जुत्ताचप्पल पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङ तुलसीपुरस्थित एक जुत्ता चप्पल पसलको गोदामा लागेको आगोमा परी ५ जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

मृत्यु हुनेको परिचय भने खुलेको छैन। मृत्यु हुनेमा ४ पुरूष र १ बालिका छिन्। विहान पा‌ने २ बजेतिर आगलागी भएको गोदाममा केही समय अघिमात्रा आगलागी नियन्त्राणमा आएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

प्रकाशित मिति: : 2022-02-11 08:17:00

प्रतिकृया दिनुहोस्