...त्यसपछि मीतज्यूसँग कहिल्यै भेट भएन

सेतोपाटी

भीष्म जोशी

वि.स. २०६० सालI जेठ महिनाको अन्त्यतिरI अछाम साँफेबगरI पहाड भए पनि तराईझैं अचाक्ली गर्मी थियोI त्यसैले स्कुल बिहानै लाग्थ्योI घरबाट स्कुल नजिक थिएनI टाढा पनि थिएनI स्कुलबाट करिब २०-२५  मिनेटको  उकालो उक्लेपछि हाम्रो गाउँ आइपुग्छI

कुन गाउँ ?

ठीगांलगाउँ,कालीमाटी I

त्यो दिन म स्कुल (श्री सूर्य चन्द्र मा. वि )बाट घर फर्किदै थिएँI गडी खोलाको उकालो चढ्दा तिर्खाले मेरा ओठमुख सुकिसकेका थिएI अन्य सहपाठीहरू कोही अगाडि गइसकेका थिए भने कोही दहखेत जाने बाटोमा  छुट्टिएका थिएI गर्मी अधर्मी भैसकेको थियो I उफ्.. I 

पारि बयलपाटाका पिपलका पातहरू नाचिरहेका देखिन्थेI वारि माथिल्लो पिपल उक्त नृत्य चुपचाप हेरिरहेको थियोI वास्तवमा, बुढीगंगा वारि र पारि सूर्यले भेदभाव गर्दै थियोI 

प्रकाशित मिति: : 2022-02-12 17:59:00

प्रतिकृया दिनुहोस्