२४ वर्षीय सुजनको हुटहुटीले खुलेको 'चियापार्क'

सेतोपाटी

सविना कार्की

हामीमध्ये धेरैको बिहान चियाबाट सुरू हुन्छ। दिउँसो पनि नभइ हुँदैन। कसैको त सुत्ने बेला पनि चिया खाने बानी हुन्छ।यस्तै केही पारखीलाई त चियाले व्यवसायतिरै तानेको पनि छ। तिनैमध्ये एक युवा हुन् काठमाडौंका सुजन कायस्थ। 

चाबहिल, गोपीकृष्णमा उनको साथीहरूको चिया पसल छ। हरेक बिहान क्याम्पस जाँदा साथीको पसल छिर्थे। चिया पिउँथे। गफ गर्थे।त्यहाँ उनले आफूजस्तै चियापारखी देख्थे। युवाहरूको चियाप्रति रूचि र आकर्षण नियाल्थे। त्यतिबेलै हो उनलाई पनि भविष्यमा कफी वा चिया पसल खोल्ने सोच फुरेको।

'साथीहरूको चियापुर नामको पसल छ। त्यहाँ धेरै स्वादका चिया पिएको थिएँ। त्यहाँ पारखीहरूको जमात देख्थेँ। त्यसैले यही व्यवसायमा लगानी गर्छु भन्ने लागेको थियो,' सुजनले भने।

प्रकाशित मिति: : 2022-02-13 13:10:00

प्रतिकृया दिनुहोस्