'बुढा, तिमी मलाई कति माया गर्थ्यौ रे !'

शिलापत्र

समर्पण श्री

‘भनिदेऊ न बुढा, तिमी मलाई कति माया गर्थ्यौ रे !’

मुजा परेको अनुहारबाट बालसुलभ हाँसोमा सानी क्षेत्री श्रीमान्‌तर्फ हेर्छिन् । श्रीमान् जितबहादुर तामाङ एकछिन अलमल्ल पर्छन् । हाँसिरहेकी सानीलाई एकोहोरो हेर्दै उनी बोल्छन्, ‘गर्थें नि धेरै । अहिले पनि गर्छु ।’

आँगनमा मध्यदिनको घामले स्पर्श गरिरहेको छ । घामझैँ चम्किलो अनुहारमा वृद्ध जोडी भलाकुसारी गरिरहेका छन् । छेवैमा धारो छ । उनीहरू धारोमा थुपारिरहेका लुगा धुने तरखरमा छन् । 

‘बुढा, म साबुन लगाउँछु, तिमी पखाल है,’ सानी जितबहादुरलाई अह्राउँछिन् । जितबहादुर मुन्टो हल्लाउँछन् । सानीले साबुन लगाएको लुगा उनी चोबल्छन् र चम्किलो बनाएर सफा ठाउँमा राख्छन् । 

प्रकाशित मिति: : 2022-02-14 11:27:00

प्रतिकृया दिनुहोस्