गायिका कुन्ती मोक्तान ‘उनको जमाना’का कुरा सुनाउँछिन् । त्यो जमानामा प्रेम गरिन्थ्यो, भनिदैनथ्यो । अरुले थाहा पाउँथे त सर्वस्व हुन्थ्यो । कुन्तीले नभनी नभनी संगीतकार शिलाबहादुर मोक्तानलाई प्रेम गरिन् ।
प्रेमले डोर्याएर दार्जिलिङबाट काठमाडौं झर्दा कुन्तीको मन चिसो थियो । ‘म त भागेर आएकी । यो चानचुने कुरा होइन,’ उनी अत्तालिएकी थिइन् ।
के गर्ने, कसो गर्ने दुुवैसँग कुनै योजना थिएन । सिर्फ उनीहरू प्रेमको डोरो कसिलो गरी बाँध्न चाहन्थे ।
सन् १८९० तिर कुन्तीले पहिलो पटक आफूले अल इण्डिया रेडियोमा सुनिरहेको प्रिय मान्छे आँखासामुन्य भेटिन् । उनी थिए, शिलाबहादुर मोक्तान ।
शास्त्रीय संगीत सिक्नका लागि उनी गुरु जेसी राईकहाँ पुगेकी थिइन् । गुरुले चिनाइदिएका थिए, शिलाबहादुरलाई ।