नेपालको भूराजनीतिक जटिलता र समृद्धिको सपना

अनलाइनखबर

विक्रम तिमिल्सिना

एक दशकको माओवादी द्वन्द्व, जनआन्दोलन–२ र अर्को एक दशकको शान्ति प्रक्रियामार्फत नयाँ संविधान हुँदै नेपाली समाज अगाडि बढिरहेको छ। यो प्रक्रियामा नेपाली राजनीतिको एउटा मूल नारा भएको छ– समृद्धि। तर समृद्धि कसरी सम्भव गराउन सकिन्छ भन्नेमा कुनै दलसँग न ठोस योजना देखिन्छ, न त्यसप्रति गम्भीर तयारी। समग्र राष्ट्र त्यस मार्गमा हिंडेको आभास दिलाउने केही राष्ट्रियस्तरको कार्यक्रम पनि देखिएको छैन। तर यसैबीच देश निरन्तर पेचिलो बन्दै गएको भूराजनीतिको भुमरीमा फस्दै गएको देखिन्छ।

अर्थतन्त्र डामाडोल छ। आन्तरिक स्रोत साधारण खर्चकै लागि अपुग हुने स्थिति छ। छिमेक र अन्य प्रमुख दातृ राष्ट्रको विश्वास जितेर उनीहरूबाट लाभ लिने कुरामा भन्दा पनि उनीहरूलाई चिढ्याउन दल तथा तिनका नेता उद्यत देखिन्छन्। त्यसैले विद्यमान भूराजनीतिक अवस्थामा नेपाल समृद्धिको यात्रामा जाला या भूराजनीतिकै भुमरीमा फस्दै झनै संकटको बाटोमा जाला ? यसै भन्न सकिने स्थिति छैन। तर पछिल्लो चरणमा संकटको मार्ग बलियो बन्दै गएको आभास हुन थालेको छ।

प्रकाशित मिति: : 2022-02-18 11:21:00

प्रतिकृया दिनुहोस्