तँ केटी होस् कि क्या हो ? घरको काम मात्र गर्छस् !

अनलाइनखबर

भूमिकाकुमारी बिष्ट

घनाजंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी। पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन्। ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन्। छाप्रोका झ्यालका काठ पनि कुहिएर भत्किने अवस्थामा छन्। स्कुल जाने समय बाहेक उनी घरबाट विरलै बाहिर निस्कन्छन्। स्कुल नगएको दिन बाआमा घर नहुँदा उनी दिनभरि त्यही छाप्रो कुरेर बस्छन्। भत्किन लागेका भित्तामा प्वालबाट बाहिरको संसारलाई नियाल्छन् भने कति बेला दैलामा बसेर खोलापारिको जंगलमा के होला भनेर मस्तिष्क मन्थन गर्छन्।

प्रकाशित मिति: : 2022-02-19 07:13:00

प्रतिकृया दिनुहोस्