देउवाका दुःख : प्रचण्डको व्यवहारले विरक्त, ओलीमाथि अविश्वास

अनलाइनखबर

राजकुमार श्रेष्ठ

प्रतिनिधिसभामा शुक्रबार पनि अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुन नसकेपछि नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘शेरबहादुरजीले एमसीसी पास गराउने हो कि गठबन्धन एक रोज्नुपर्छ ।’ कोइरालाले गठबन्धन र एमसीसीमध्ये देउवाको साथमा एउटा मात्रै रहनसक्ने आकलन पनि प्रस्तुत गरे । शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठको अस्पष्ट निर्णय बाहेक दलहरुको मनस्थितिमा उतिसारो परिवर्तन आएको छैन ।

कांग्रेस नेताहरुका अनुसार यही गठबन्धनको सरकार प्रधानमन्त्री देउवाको प्राथमिकता हो भने संसदबाट एमसीसी अनुमोदन गराउनु भूराजनीतिक परिबन्धले सृजना गरेको बाध्यता । देउवा सकेसम्म गठबन्धन कायम राखेर सरकारमा बसिरहुँ, एमसीसी पनि अनुमोदन होस् भन्न चाहन्छन् । तर परिस्थिति कोइरालाले भनेझैं दुई मध्ये एउटा रोज्नुपर्ने दिशातर्फ उन्मुख छ ।

अमेरिकाको सन्देश

एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मागेको अमेरिकासित लिखित रुपमै मागेको २८ फेब्रअरी अर्थात् १६ फागुनको समयसीमा घर्किँदो छ । तर अहिलेसम्म न गठबन्धनमा सहमति जुटेको छ, न एमालेसँग विश्वासको वातावरण बनेको छ । यही अवस्थामा एमसीसी फिर्ता भयो भने मुलुकसँगै आफू पनि ठूलो संकटमा पर्ने देउवाको बुझाइ छ । ‘एमसीसी फिर्ता जाँदा यो पैसा मात्र जाँदैन,’ कांग्रेसका नेताहरुसँग प्रधानमन्त्री देउवाले भन्ने गरेका छन्, ‘अमेरिका भनेको अमेरिका मात्र होइन । पश्चिमले हामीसँग सधैं प्रतिशोधपूर्ण व्यवहार गर्छ ।’

प्रकाशित मिति: : 2022-02-20 07:58:00

प्रतिकृया दिनुहोस्